Tuesday, August 4, 2020

नेपाल वायुसेवा निगमको अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने

प्रकाशित मिति: 2020/07/26

काठमाडौं, ११ साउन । नेपाल वायुसेवा निगमले कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले अधिकृत पुँजी बढाएर ५० अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । 

उक्त निर्णय तालुकदार निकाय मन्त्रालयमा सिफारिस गरेको छ । अब यो सिफारिसलाई मन्त्रालयले रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालय पठाउने छ । त्यसपछि मन्त्रिपरिषद्मा पेश गरिने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ । त्यससछि निगमको अधिकृत पुँजी ५० अर्ब पुग्नेछ । 

अहिले नेपाल एयरलाइन्सको अधिकृत पुँजी मात्र ३२ करोड रुपैयाँ रहेको छ ।

तपाईंको बिचार