Tuesday, August 4, 2020

आङछिरिङ सहितको समूहद्वारा लाकुरी भन्ज्याङमा माउन्ट मोनाष्ट्री होटल निर्माण

प्रकाशित मिति: 2020/07/26

काठमाडौं, ११ साउन । बरिष्ठ पर्यटन व्यवसायी नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा सहितको समूहले लाकुरी भन्ज्याङमा होटल निर्माण गरेका छन् । विगत लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल शेर्पासहितको समूहले एक अर्ब लगानीमा माउन्ट मोनाष्ट्री होटल निर्माण गरेको हो ।

त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटरको दूरीमा रहेको सो होटलमा ६८ वटा कोठा रहने जानकारी दिइएको छ ।  पहिलो चरणमा ४८ वटा कोठामात्र सञ्चालनमा आउने होटलका अध्यक्ष शेर्पाले जानकारी दिए । होटलमा २ वटा स्विट कोठा, २२ वटा डिलक्स र २४ वटा स्टाण्डर कोठाहरु छन् । 

तीन महिनाअघि नै होटललाई ‘सफ्ट ओपनिङ’ गर्ने तयारी गरिरहेका बेला कोभिड–१९ ले  सञ्चालनमा आउन सकेको छैन । ५ वर्षअघि निर्माण सुरु गरेको होटल २८ रोपनी क्षेत्रफलमा रहेको छ । काठमाण्डौं उपत्यकाको दक्षिण पूर्वि भागमा २०१० मिटरको उचाईमा रहेको होटल माउन्ट मोनाष्ट्रीबाट पहाडी एवं हिमाली क्षेत्रका मनमोहक दृश्यहरू नियाल्न सकिने छ । 

तपाईंको बिचार