Tuesday, August 4, 2020

गाउँले पर्यटन–नेपालको प्रदेश नं. २ मा कमिटि गठन

प्रकाशित मिति: 2020/07/27

काठमाडौं, १२ साउन । गाउँले पर्यटन–नेपाल (भिटोन) को प्रदेश नं २ मा प्रदेश कमिटि गठन गरिएको छ । सर्लाहीे लालबन्दीका स्थानीय श्याम पराजुलीको संयोजकत्वमा कमिटि गठन गरिएको हो । 

संघले लामो समय नेपालका विभिन्न भु–भागमा गाउँले पर्यटनको प्रवद्र्धन गर्दै आएको छ। सोही अनुरुप कमिटिले प्रदेश नं २ को पर्यटन प्रवद्र्धन, स्थानीयमा पर्यटन सचेतना अभिबृद्धि लगातयका कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ। 

संघका प्रमुख संरक्षक एवं मन्त्री सुनिलबहादुर थापाको निर्देशन अनुरुप कमिटि गठन सुरु गरिएको हो । कोरोना संक्रमणको त्रास कम भएपछि क्रमशः अन्य बाँकी प्रदेशहरुमा पनि कमिटि गठन गर्दै जाने संघका राष्ट्रिय अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए । 

एक फरक प्रसंगमा उनले संघका प्रमुख संरक्षक थापाले राप्रापाबाट राजनीनामा दिएको र नेपाली कांग्रेसमा प्रवेश गर्ने समाचारहरु आइरेको तर्फ संकेत गर्दै, उहाँ जुनसुकै पार्टीमा रहेपनि प्रमुख संरक्षकको भूमिका निर्वाह गरिरहने जानकारी दिए । मुलुकको विकास र गाउँले पर्यटन प्रवद्र्धन गरि मुलुकलाई समृद्ध बनाउन उहाँको साथ सधै संघले पाइरहने विश्वास उनले व्यक्त गरे । 

तपाईंको बिचार