Tuesday, August 4, 2020

लकडाउनमा पनि रोकिएन पोखरा विमानस्थल निर्माणको काम, ६२ प्रतिशत प्रगती

प्रकाशित मिति: 2020/07/29

काठमाडौं, १४ साउन । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ६२ प्रतिशत सकिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउनको अवधीमा पनि विमानस्थल निर्माणको कामले तीब्रता पाएको छ। 

अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार सक्रिय छन् ।  त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली रहेका छन् । जुन २०२१ मा सक्ने लक्ष्य राखिएको छ । सोही अनुसार काम भइहरेको र निर्माणको काम सन्तोषजनक रहेको मन्त्री योगेश भट्टराईले बताए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम धमाधम भइरहेको छ ।  राष्ट्रिय गौरवको यो आयोजना रहेको यो विमानस्थल निर्माणको कुल लागत २१ अर्ब रुपैयाँ हो । 

तपाईंको बिचार