Monday, November 29, 2021

११ चैतपछि पहिलोपटक आजदेखि खुल्यो आन्तरिक उडान

प्रकाशित मिति: 2020/09/21

काठमाडौं, ५ असोज । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ । आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ७ महिनापछिको पहिलो आन्तरिक उडान बन्न सफल भएको छ ।

सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो । २५ प्रतिशत हवाई उडान भएको छ । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । 


पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।

तपाईंको बिचार