Sunday, January 17, 2021

शरद ऋतुमा हिमाल आरोहण गर्न २ टोलीले अनुमति लिए

प्रकाशित मिति: 2020/09/23

काठमाडौं, ७ असोज ।  शरद ऋतुमा हिमाल आरोहणका लागि दुई वटा टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म ६ जना नेपालीको एक टोलीले वरुत्से हिमाल आरोहण गर्न अनुमति लिएका छन् । 

यता बहराइनका १५ र बेलायतका ३ जनाले दुई टोली बनाएर मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् । यी दुई आरोहण अनुमतिबाट कुल १९ लाख २९ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ। कोरोनाका कारण प्रभावित आरोहण सरकारले यो सिजनका लागि खुला गर्ने निर्णय गरेको छ । 

मनास्लु हिमाल आरोहणका लागि दुई टोलीबाट कुल १६ हजार २ सय अमेरिकी डलर संकलन भएको छ । बहराइनको टोलीमा त्यहाँका राजपरिवारका एक सदस्यसमेत सहभागी छन् ।

तपाईंको बिचार