Wednesday, December 8, 2021

क्षेत्राधिकार मिचेर कार्य नगर्न हवाई कम्पनीहरुलाई टान र नाट्टाको आग्रह

प्रकाशित मिति: 2020/09/23

काठमाडौं, ७ असोज । पछिल्लो समय हवाई कम्पनीहरुले ट्रेकिङ र ट्राभल कम्पनीले गर्ने प्रकृतिको कार्य गरेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले विरोध जनाएको छ। ट्रेकिङ र ट्राभल कम्पनीको व्यवसाय माथि हस्तक्षेप गर्ने गरि केही हवाई कम्पनीहरुले सामाजिक सञ्जालमा प्याकेज सार्वजनीक गरेकाले त्यस्तो कार्य नगर्न–नगराउन आग्रह गरेको छ । 

सबैले आ–आफ्नो उद्धेश्य अनुरुप कार्य गर्ने र कसैले पनि कसैको व्यवसाय माथि हस्तक्षेप गरेर काम नगर्न टानका अध्यक्ष खुमबहादुर सुवेदी र नाट्टाका अध्यक्ष अच्यूत गुरागाईले आज संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफ्नो क्षेत्राधिकार भित्र रहेर स्वच्छ व्यवसायको प्रवद्र्धन गर्न पनि उनीहरुले हवाई कम्पनीहरुलाई भनेका छन् । 
 
कोरोना संक्रमणका कारण गएको चैतदेखि बन्द आन्तरिक हवाई सेवा गत सोमबारदेखि सुचारु भएको छ।   

तपाईंको बिचार