Tuesday, January 19, 2021

पर्यटन उपज साझेदारी कार्यक्रममा ७ सय १३ आयोजनाको आवेदन

प्रकाशित मिति: 2020/09/25


काठमाडौं, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको ‘पर्यटन उपज साझेदारी कार्यक्रम’ मा देशभरबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन्। मन्त्रालयले संघीयताको मर्मअनुरुप संघ, प्रदेश र स्थानीयतहको लागत साझेदारीमा गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रमहरु माग गरेको थियो।

भदौभरिको समयसिमा तोकेर गरिएको कार्यक्रम आह्वानमा प्रदेशहरुबाट १० वटा, महानगरपालिकाहरुबाट ९, उपमहानगरबाट १०, नगरपालिकाहरुबाट ३ सय ७ र गाउँपालिकाहरुबाट ३ सय ७७ गरी ७ सय १३ वटाले  मन्त्रालयमा कार्यक्रम प्रस्ताव गरेका हुन्।  गाउँपलिकाले योजना कूल लागतको ३० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत, उपमहानगरपालिकाले ४० प्रतिशत, महानगरपालिका र प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने गरि साझेदारी कार्यक्रम आह्वान गरिएको हो। 

प्राप्त ७ सय १३ योजनाका लागि ३३ अर्ब १ करोड ८१ लाख ३५ हजार कुल लागत माग भएको छ। जसमा प्रदेश र स्थानीय तहले करिब १२ अर्ब लागत व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। साझेदारीमा संचालन गरिने यस्ता कार्यक्रमका लागि प्रतिकार्यक्रम प्रदेशलाई तीस करोड, महानगरपालिकालाई १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई ७ करोड र गाउँपालिकालाई ५ करोडसम्म दिन सकिने गरि मन्त्रालयले कार्यक्रम माग गरेको थियो।  

तपाईंको बिचार