Tuesday, January 26, 2021

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिने तयारी

प्रकाशित मिति: 2020/09/28

असोज १२, काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ ।  सो प्रयोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरिएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

सरकारले गौतमबुद्ध विमानस्थल व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने बताएको थियो । तर, कोरोना भाइरसको महामारीपछि तत्काल निजी कम्पनी आउने सम्भावना छैन । अहिले प्राधिकरणबाटै विमानस्थलको व्यवस्थापन हुनेछ । त्यो अवस्थामा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सले पाउनुपर्ने गरी प्रस्ताव नेपाल एयरलाइन्सको छ ।

कम्पनीसँग त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाको लामो अनुभव, दक्ष कर्मचारी र उपकरण समेत रहेका कारण नयाँ विमानस्थलमा सेवा बिस्तार गर्न समस्या नहुने कार्यकारी अध्यक्ष घिमिरेले बताए ।  

तपाईंको बिचार