Sunday, January 17, 2021

पर्वतिय पर्यटन : व्यावसायी भन्छन, सरकारले आउने पर्यटकलाई पनि हतोत्साहित गर्यो

प्रकाशित मिति: 2020/09/30

असोज १४, काठमाण्डौ । कोरानाका कारण देखाउँदै सरकारले बन्द गरेको ६ महिनापछि पदयात्रा र पर्वतारोहण खुला गरेको छ । यसका साथै नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि नेपाल प्रवेश गरेदेखी रहँदासम्मका पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७ स्वीकृत भएको छ ।

६ महिनादेखी पर्यटनका सबै क्षेत्रको व्यापार चौपट भएको स्थीतिमा पर्वतिय पर्यटनका लागि पर्यटकलाई नेपाल आउन दिने भन्ने निर्णय सुन्दा पर्यटन व्यावसायीहरु जति खुसी भएका थिए, उनीहरु आउँदा पालना गर्नुपर्ने शर्तका मापदण्डले भने सरकारले सतही रुपमा व्यावसायीलाई झुक्याउने र निरास बनाउने काम गरेको छ । बिश्वमै लामो समयदेखीको लकडाउनका कारण धेरै व्यक्तिको आन्तरिक जिबनमा व्यापक फेरबदल आएको छ । यस्तो स्थीतिमा बिश्व कोरोनासँगैको आर्थिक मन्दीले धेरै पर्यटकहरु यो स्थीतिमा चलायमान नहुन सक्दछन, यसका अलवा भ्रमणका लागि निस्कने केही प्रतिशत पर्यटकहरुले पनि नेपाल नै किन रोज्ने भन्ने सन्दर्भ सहजतासँग जोडिएको हुनुपर्दछ । तर सरकारले जारी गरेको मापदण्डमा नेपाल प्रवेश गर्नुभन्दा अगाडी ७२ घण्टा भित्रको पिसिआर, नेपालमा आईसकेपछि ५ दिनमा फेरी पिसिआर र त्यसको रिपोर्ट नाआईञ्जेल सम्म गरी कम्तीमा ७ दिनसम्म होटल क्वारेन्टाईनमा बस्नुपर्ने स्थीति, बिमा र भिसा सम्बन्धी पुरानै ढर्राको प्रक्रियाले आउने पर्यटकहरुलाई पनि नआउने परिस्थीति श्रृजना भएको भन्दै सरोकारवालाहरुले सरकारबाट जारी भएका निर्देशिकामै टेकेर पनि केही संसोधन गरेर अगाडी बढेमा मात्रै पर्यटन क्षेत्रले गति लिने उनीहरुको भनाई छ ।
पदयात्रा र पर्वतारोहण खुल्ला गरेपनि बर्तमान स्थीतिमा सरकारले जारी गरेको मापदण्डले जटिलता निम्त्याएको पदयात्रा सम्बद्ध सरोकारवालाहरुको बुझाई छ । यसै सन्दर्भमा हामीले सरकारले पदयात्रा खुल्ला गरेको छ, तपाईलाई कस्तो लाग्यो भनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुबेदीलाई सोधेका थियौ ।
‘ पछिल्लो  ६ महिनाको स्थीति तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । धेरै व्यावसायी साथीहरुको व्यावसाय चौपट भएको छ । ढिलै भएपनि सरकारले पर्वतिय पर्यटन खुल्ला गरेको छ, यो राम्रै कुरा हो । तर सरकारले जारी गरेको मापदण्डले पर्यटक भित्राउन सक्दैन, यो निश्चीत छ । यसमा टानले केही संसोधनहरु राख्दै आएको छ । जसमा नेपालमा आईसकेपछि पिसिआर रिर्पोटको नतिजा हात पर्ने बित्तिकै बिना शर्त घुम्न दिनुपर्छ । अर्को क्वारेन्टाईन ७ दिन भनिएको छ, यसलाई ३ दिनभन्दा बढि लैजान आवश्यक छैन । सोझै ओपन अराईभल भिसाको व्यवस्था गरिनुपर्दछ । कोभिड बाट संक्रमित भएमा उनीहरुको उपचारको उचित व्यवस्था सहित आमनागरिक सरह उपचारको व्यवस्था हुनुपर्यो । यसमा पर्यटन सम्बद्ध हामी सम्पूर्ण संघसंस्था, ट्राभल टूर्स, होटल, राफ्टिङ सबैमा सेफ्टी प्रोटोकलको उच्चतम पालना गर्नु जरुरी छ ।

कुलबहादुर गुरुङ
महासचिव, नेपाल पर्वतारोहण संघ
सरकारले पर्वतीय पर्यटनका लागि नेपाल आउन चाहने पर्यटकहरुका लागि ९ वटा बुँदा जारी गर्दै भ्रमणको लागि खुल्ला गरेको छ । लामो समयदेखी बन्द रहेको पदयात्रा पर्यटन सरकारले खुल्ला गर्यो भनेर सुन्दा खुसी लागेपनि यसमा अझै केही जटिलताहरु छन, जसका कारण अहिलेको बिषम परिस्थीतिमा नेपाल पर्यटकहरुको पहिलो रोजाईमा नहुन सक्दछ । अहिलेको अवस्थामा पर्यटकहरुको भिडभाड हुन्छ भनेर सोच्न पनि सकिदैन, पर्यटन व्यावसायलाई जोगाईराख्ने रक्षात्मक स्थीतिमा पर्यटन क्षेत्र पुगेको छ । नेपाल भ्रमणका समयमा ७२ घण्टाको पिसिआर रिर्पोट भनिएको छ, त्यो ठिक छ, तर नेपाल आएर ७ दिन क्वारेन्टाईनमा बस, ५ दिनमा फेरी पिसिआर देउ भन्न अलिक नमिल्दो कुरा हो । अझै केही समय एकदमै कम पर्यटकहरु मात्र बिदेश घुम्न जान्छन, तिनीहरु मध्ये केही नेपाल आउन तयार भएभने पनि ७ दिन क्वारेन्टाईनमा चर्को शुल्क तिरेर कोही पनि बस्न चाहदैन, यस्तोमा नेपाल आउने बित्तिकै एयरपोर्टमै पिसिआर वा क्वारेन्टाईन नै नबसी नहुने हो भने पनि ३ दिन भन्दा बढि राख्नु हुँदैन । पैसा तिरेर कोही पनि अर्काको मुलुकमा गएर बन्दी हुन चाहदैन । अर्को कुरा भिसा पनि एयरपोर्ट वा नाकामै उपलब्ध गराउनु जरुरी छ । प्रक्रिया पुरा गरेर भिसा आबेदन दिएकाहरुलाई एयरपोर्टमै भिसा दिन सकियो भने अध्यागमन, पर्यटन बिभाग धाईरहनुपर्ने स्थीति अन्त्य हुन्छ । भिसाका अप्ठेराका कारण रोकिएका पर्यटकहरुलाई यसले नेपाल आउन उत्प्रेरित गर्छ ।
अर्को कुरा पर्यटकले गर्नुपर्ने बिमाको कुरा छ, यसलाई पनि एकहदसम्म स्वीकार गर्न सकिन्छ, तर यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने कुनै कारणबस कोरोना पोजेटिभ देखीयो भने वा पदयात्राका क्रममा कुनै दुर्घटना भएको खण्डमा उचित उपचारको व्यवस्थाको सुनिश्चीतता गरिनुपर्दछ । यसका लागि क्षेत्र बिशेषमा खास अस्पतालहरुमा सहज सेवा प्रवाह हुने गरी व्यवस्था गरिनुपर्दछ । असहज स्थीतिमा पनि पर्यटकहरुलाई उचित व्यवहार गर्यौ भने उनीहरुले नेपाल सम्झीरहनेछन, र नेपालको पर्यटनमा टेवा पुर्याईरहनेछन । नेपाल प्रवेश गर्दा जहाजलाई तिरेको शुल्क देखी होटल क्वारेन्टीन, पदयात्रा शुल्क, यहाँ रहँदा उनीहरुले गर्ने खर्च आदी सबै हिसाबले उनीहरुले सरकारलाई ट्याक्स बुझाईरहेकै हुन्छन, यसअर्थमा पर्यटकहरुलाई सहज स्थीतिमा मात्र नभई असहज स्वास्थ्य स्थीतिमा पनि आम नागरिक सरह उचित मुल्यमा उचित उपचारको जोहो गर्नु जरुरी छ । यति गर्न सकेको खण्डमा बाँकी रहेका २ महिना भित्रमा पर्यटन व्यावसायीहरु फेरी आफुलाई चलायमान गराउन सक्छन । 

तपाईंको बिचार