Sunday, January 17, 2021

‘जो लकडाउनकै बिच पनि पर्यटन क्षेत्र सुधारमा लागि परिरहे.....’

प्रकाशित मिति: 2020/10/04

असोज १८, काठमाण्डौ । अहिले मुलुक कोरोना महामारीका कारण आक्रान्त छ । सरकारले बर्ष २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरेपछाडीको स्थीतिमा पर्यटन क्षेत्रमा धेरै लगानीकर्ता र व्यावसायीहरु थपिए । कोरोनाले असर नपुर्याएको भए यतिबेला पर्यटकले राजधानी ठमेल भरिभराउ हुने पक्का थियो, तर जसै कोरोना सुरु भयो, सरकारको भ्रमण बर्षको योजनामा व्यावसायीका रुपमा सहभागि भएका धेरै नवआगन्तुक व्यावसायीहरुले सटर बन्द गरेर बाटो लागेका छन । स्थापित व्यावसायीहरु गणितिय अंकगणित मिलाउन तल्लीन भईरहँदा ठमेलका एक पूराना स्थापित व्यावसायीका रुपमा चिनीएका तेजेन्द्र शर्मा पौडेल भने लकडाउनकै बिचमा पनि बिभिन्न सामाजिक कार्यहरुमार्फत पर्यटनलाई जिउँदो साबित गराउन लागिपरिरहे । महामारीका बिचमा धेरैजसो व्यावसायीहरु यतैकतै अल्झीरहँदा उनी भने बदलिदो परिस्थीतिमा ‘आफु पनि बाँचौ र अप्ठेरोमा परेकालाई पनि बचाउँ’ भन्ने नाराका साथ बिभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै आम जनजिबन र अप्ठेरोमा परेका ठमेल क्षेत्रका मजदुर, रिक्सावालाहरुको मुहारमा खुसी ल्याउन तल्लीन भए । यही बिचमा पर्यटनमा केही हुँदैन, भनेर हतास भएकाहरुलाई आशा जगाउन देश दौडाहामा समेत निस्कीए ।
पौडेल गाउँले पर्यटन नेपालका केन्द्रीय अध्यक्ष, भिजिट नेपाल २०२० को पूर्व केन्द्रिय सदस्य, कुरदैयो ईन्टरनेशनल फेडरेशन(द नेदरल्याण्ड एम्बेसडर फर नेपाल), नेपाल भिलेज स्टे कम्पनीका सिईयो तथा एसिया नेपाल होलिडेका प्रेसिडेन्ट समेत रहेका छन । 
उनै पर्यटनका जुझारु र अथक परिश्रमी, कर्मजिबी व्यक्तित्व तेजेन्द्र शर्मा पौडेलसँग बदलिदो परिस्थीतिमा पर्यटनभित्रका दिनचर्या कसरी बितिरहेको छ भनी सोधेका थियौँ । पौडेलसँगको कुराकानी उनकै शब्दमा ।
प्रश्न ः दिनचर्या कस्तो छ ?
व्यावसायिक हिसाबले कुराकानी गर्ने हो भने सामान्य नै छ, टूरीस्ट नआएका कारण तत्काल व्यावसायिक काममा व्यस्त हुने अवस्था छैन, तैपनि अफिस आउने लक्ष्मीमातालाई धुप चढाउने भावी योजनाहरु मार्फत अहिलेको बिषम परिस्थीतिलाई चिर्न सकियोस भनेर आशाबादीको स्थीति कायमै छ ।
।।।  ।।।
कोराना महामारी र पर्यटन क्षेत्र बिचको परिस्थीति तपाई हामीले अनुभव गरेकै बिषय हुन । आकस्मीक रुपमा कोरोनालाई महामारीका रुपमा लिएर चैत्रको सुरुवाती हप्ताबाट लकडाउन सुरु हुँदा यति लामो समयसम्म यसको असर रहँला भन्ने हामी सायदैले कल्पना गरेका थियौँ । सुरुका एक महिना सरकारको नियम पालना गरेर घरभित्रै बसेको स्थीति हो । त्यसपछि पनि लकडाउन लम्बीरहने स्थीति भएपछि कति घरभित्रै बस्ने भन्ने लाग्यो, त्यसपछि सामाजिक दुरी र सुरक्षित उपायहरुको अवलम्बन गर्दै मास्क, सेनिटाईजरलाई दैनिक जिबनसँग अभ्यस्त बनाउँदै कम्तीमा केही सामाजिक योगदान गरौ भन्ने मनसायले सरोकारवाला निकायसँगको अनुमतिमा आवश्यक परेका व्यक्ति तथा क्षेत्रमा मास्क र सेनिटाईजर, पञ्जा, पिपिई लगायतका सामाग्री बितरण गर्ने कार्यको नेतृत्व गर्न पाउँदा खुसी लागेको छ । पर्यटकीय नगरी हुनुका हिसाबले  पर्यटकहरुका माझ ठमेलको प्रभाव औधी छ । त्यही ठमेलमा टुरिस्ट आउन बन्द भएपछाडी हिजोका दिनमा पर्यटकलाई सेवा दिदै आएका रिक्सा मजदुरहरुको अवस्था कस्तो भयो होला भन्ने चिन्ता भयो, त्यसपछि उनीहरुलाई पनि थोरबहुत आर्थिक सहयोग प्रदान गर्न पाउँदा खुसी लागेको छ ।
यि सबै बिषम परिस्थीतिका बिच पनि देशदौडाहामा निस्कीएर व्यावसायिक साथीहरुसँग भलाकुसारी र पर्यटन उथ्थानका लागि बिभिन्न कमिटिहरुमा सहभागि भएँ । लकडाउनकै बिच गाउँले पर्यटन नेपालमार्फत प्रदेश नम्बर २ मा प्रदेश स्तरीय कमिटि गठन गरेर बिषम परिस्थीतिमा बिदेशी पर्यटकहरु आएनन भने पनि आन्तरीक पर्यटकहरुलाई जोड्ने गरी काम भएको छ । यसलगत्तै प्रदेश ४ र १ मा पनि कमिटिहरु गठन गरेर आन्तरीक पर्यटन जोड्ने प्रयास जारी छ ।
 अहिलेको परिस्थीति बिषम छ, यस अर्थमा हिजोका दिनमा धेरै नाफा कमाउने व्यावसायीहरुले अरुबखत जग्गा जमिन जोड्ने, बैंक व्यालेन्जमा जोहो गर्ने पनि गर्नुहुन्थ्यो होला, आज उहाँहरुले त्यही धनलाई सदुपयोग गरेर टिक्न सक्नुहुन्छ, तर जुन व्यावसायीहरु भर्खरै सटर भाडामा लिएर आउनुभएको थियो, उहाँहरुको पिरमर्का र बैकिङ झन्झट तपाई हामीले कल्पना गरेभन्दा बढि नै भएको अनुभव गरेको छु । यस्तोमा नेपाल सरकारले नयाँ तथा पुराना दुबै व्यावसायीलाई बचाउने गरी काम गर्नुपर्छ । देश बचाउँ, अर्थतन्त्र बचाउँ भन्ने निती सरकराले लिईदिएको भए, धेरै व्यावसायीलाई राहत हुने थियो । यहीबिचमा बैंकिङ व्याजको किस्ता पर धकेलिएका कुरा, घरबेटीले भाडामा छुट दिने र दिएका कुरा हरु हामीले सुनेका हौँ भने, कतिपयले भने कुनै पनि हालतमा छुट दिन सकिदैन, सटर खाली गर्न चेतावनी दिएका सबैखाले स्थीति हामीसामु छ । यसको कारण भनेको सरकार र व्यावसायीको बिचमा मध्यस्तता हुन नसक्नु र सरकारी संस्थागत निर्णय नहुनु नै अहिलेको अलमलको स्थीति हो । यी सबै स्थीतिका बिच प्रतिकुल परिस्थीति सधै रहने छैन । सरकारबाट भएका कमीकमजोरीहरुलाई ठमेल भित्रका व्यावसायिक संघसंस्थाले सुधार्दै पर्यटन क्षेत्रका तमाम व्यावसायीहरुलाई भरोसा दिलाईरहन सकुन । तपाई हाम्रो सबैको कर्मले पर्यटनले फेरी मुहार फेर्नेछ ।

 

तपाईंको बिचार