Saturday, January 16, 2021

‘अहिलेकै प्रणालीले उडान खोलेपनि पर्यटक आउने संभावना कमजोर छ.....।’

प्रकाशित मिति: 2020/10/04

असोज १८, काठमाण्डौ । ६ महिनाभन्दा लामो कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रको सन्तुलन अहिले खस्कीएको छ । भ्रमण बर्ष २०२० लाई केन्द्रित गरेर पर्यटन बजारमा आएका धेरै व्यावसायीहरु सटर बन्द गरेर पलाएनन भैसकेका छन । एक अध्ययनका अनुसार ठमेल क्षेत्रका मात्रै १ हजार व्यावसायी बिस्थापित भएको आँकलन छ । पुराना व्यावसायीहरु अप्ठेरोकै बिच आफुलाई स्थापित गराईरहन सफल भएपनि सरकारको पर्यटन क्षेत्र सुधारको उपयुक्त कार्यनिती नहुँदा महंगो भाडा तिरेर व्यावसाय सुरु गरेकाहरुको पलायनले नेपाली पर्यटन क्षेत्रमा अझै केही बर्ष घाटाको बजारका रुपमा चित्रीत हुने स्थीति सत्य हो । 
ठमेल क्षेत्रमा खुलेका व्यक्ति पिच्छेका संघसंस्थाहरुको भुमिका पनि सरकारलाई एकढिक्का भएर निर्णय कार्यन्वयन गराउनुको साटो स्वार्थ समुहहरुको प्रतिस्पर्धा तिब्र देखिन्छ । कोरोनाले पर्यटनमा पारेको असर र यसलाई पुर्नताजकीकरणका सम्बन्धमा नेकपा निकट उद्योग कमिटि बिशेष कमिटिका  अध्यक्ष तथा स्थापित पर्यटन व्यावसायी कमल सापकोटासँग बर्तमान स्थीतिका बारेमा गरेको कुराकानी ।
१. पर्यटनमा व्यक्ति पिच्छे संघसंस्था छन, तर व्यावसायिक समस्या पर्दा यहाँहरुको भुमिका कमजोर किन ?
व्यावसायिक संस्थाहरुले सरकारसँग पहल गर्ने हो । निर्णय कार्यन्वयन गर्ने होईन । यस्तो हाम्रो आवाजलाई सरकारले सही रुपमा सम्बोधन नगर्दा यस्ता प्रश्न आउनु स्वभाविक हो ।
२. भ्रमण बर्ष २०२० लाई लक्षित गरेर धेरै पर्यटन व्यावसायीहरु पर्यटन बजारमा आएका थिए, तर लामो बन्दले कहिल्यै नफर्कने गरी धेरै पलायन नी ?
सही हो, यसमा हामीले गर्न सक्ने त केही पनि होईन, घरभाडा, तिर्नकै समस्या भएर एक हजार भन्दा बढि सटरहरु अहिले बन्द भएका छन । व्यावसायिक संघसंस्थाले त घरधनीलाई अनुरोध गर्ने हो, हामीले १ बर्षसम्मको भाडा ५० प्रतिशत छुट गरिदिनुस भनेका थियौँ, त्यसमा केहीले छुट गरिदिनुभयो भने धेरैजसोले सटर खाली गर्न भन्नुभयो । अहिले खाली भएका सटर पनि तिनैमध्येका हुन ।
३. यहाँहरुले संस्थागत निर्णय गरेर घरधनीसँगको सामुहिक छलफल राख्न सक्नुहुन्थ्यो नी ?
हामीले अनुरोध सम्म गर्ने हो, त्यो हामीले गरेका छौ । सरकारद्धारा निति नै आएको भए कानुनी कुरा पनि हुन्थ्यो होला, त्यसो नभईसकेपछि सबै स्थीतिमा हाम्रो भुमिका प्रभावकारी हुन सक्ने कुरै भएन, किनकी रिजल्टको लागि कतीपय स्थीतिमा हस्तक्षेप गर्नुपर्ने हुन्छ, जुन अधिकार हामीलाई रहेन ।
४. सरकारले कार्तिकदेखी पर्वतिय पर्यटनका लागि पर्यटक भित्राउने भनेको छ, तर क्वारेन्टाईन र पटकपटकको पिसिआरको झन्झट थपिदिएर हलो हट्काएर गोरु चुट्ने प्रबिधि जस्तो देखियो नी ।
सही हो, हप्तादिन सम्म दोस्रो मुलुकमा क्वारेन्टाईनमा बस्नुपरेपछि पर्यटक आउँछन भनेर आस गर्नु बेकार हुन्छ । पिसिआर को कुरा चै एयरपोर्टमै गर्न सकिन्छ, रिर्पोट आईसकेपछिको स्थीतिमा थुनेर राख्न सकिदैन । सामान्यतया पर्यटकहरुको बसाई नै हप्तादिनको हुने गर्दछ, यसमा पुरै क्वारेन्टाईन बस्नुपरेपछि पर्यटकको लागि उडान खोलेको भन्नुको कुनै तुक छैन । सरकारले निर्णय गरेपनि कार्यन्वयन हुदैन ।
५. पर्यटनमा संभावनाहरु अझै जिबित नै छन भनेर अनुभुति गर्ने स्थीतिका लागि चै कसले के गर्नुपर्ला ?
सर्बप्रथम पर्यटन मन्त्रीले आफुले घोषणा गरेका कुराहरु मात्रै लागु गराईदिए भैगो । यसअघि घरभाडा छुट, बैङ्कको व्याज मिनाहाका कुरामात्रै लागु भएपनि व्यवसायीहरु भोलिका लागि आस गरेर बस्ने थिए, तर स्थीति त्यस्तो रहेन ।
अर्को कुरा बिदेशबाट आउने नेपालीहरुका लागि राखिने होटल पनि सधै एउटै, यसमा पनि कार्टेलिङ गरिएको छ । कोही चै सँधै प्याक, कोही चै सटर अध्यारै राख्नुपर्ने स्थीति पछि सरकारको नीति पनि प्रभावकारी नभएको प्रष्ट छ । 
अर्को, बिदेशी पर्यटक नआए पनि आन्तरीक पर्यटनलाई बढावा दिन नयाँ पर्यटकीय गन्तव्यको पहिचान र मजदुरहरुका समस्या समाधानका लागि उचित व्यवस्थाको कार्यन्वयन हुन जरुरी छ ।

 

तपाईंको बिचार