Wednesday, January 20, 2021

आन्तरीक पर्यटकहरुको लागि लोभलाग्दो गन्तव्य : नुवाकोट तारकेश्वरको ढिकीजाँतो चुली

प्रकाशित मिति: 2020/10/06

असोज २० नुवाकोट । नुवाकोटको ढिकी जाँतो चुली पर्यटकीय आर्कषणको केन्द्र बन्दै गएको छ । एकबर्ष अगाडि सम्म यस क्षेत्रको खासै चर्चा थिएन । तर जब बागेश्वरी सेवा समाज नुवाकोटको पहलमा ढिकी जाँतो चुलीको प्रवद्र्धन गर्न व्यापक प्रचारप्रसारका साथ चुचुरोमा बृहत स्थानियहरुको उपस्थीतिको कार्यक्रम राखियो, त्यसपछि आन्तरीक पर्यटनको आर्कषक गन्तव्यको रुपमा यहाँ जाने पर्यटकहरुको घुँईचो नै लागेको छ । 

ऐतिहासिक महत्व बोकेको यो चुली मल्लकालिन राज्यका समयमा राजाहरुले आफ्नो किल्लाका रुपमा प्रयोग गरेको बताईन्छ । ठिक एकबर्ष पहिले आजकै दिन असोज २० गते बागेश्वरी सेवा समाजको नेतृत्वमा जब सामुहिक पाईला राखियो, त्यसपछि यस क्षेत्र आन्तरीक पर्यटकहरुका लागि आर्कषक गन्तव्य बनेको समाजका अध्यक्ष राजन रिमालले बताए ।
सुरुमा बर्षमा मुस्कीलले सय डेढसय जना उक्त चुलीमा पग्ने गरेकोमा अहिले बार्षिक हजारौ व्यक्तिहरु यस चुलीमा पुगेर सुन्दर दृश्य संगाल्ने गरेका छन ।
नुवाकोट तारकेश्वर वडा नम्बर ६ मा पर्ने यस ढिकी जाँतो चुली स्थानिय मझुवादेखी ५ घण्टाको पैदल दुरीमा रहेको छ । अग्लो चुचुरोको छेउमा केही समतल भुभागमाथि पुरातात्वीक मन्दीर, र मल्लकालिन राज्यको जिबित दृष्टान्त बोकेको यस ढिकीजाँतो चुलीको प्रवर्दन गर्न स्थानियहरु समेत अग्रशर छन । सरकारले आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर भ्रमण बर्षका सन्दर्भ उठाउने गरेपनि यस्ता पुरात्वीक महत्व बोकेका चुली श्रृंखलाहरुको प्रवद्र्धनमा समेत ध्यान पुर्याउन जरुरी छ ।

तपाईंको बिचार