Monday, January 18, 2021

पाटा नेपाल च्याप्टरको कोषाध्यक्ष र सचिब पदमा सुमन पाण्डे निर्वाचित

प्रकाशित मिति: 2020/10/14

असोज २८, काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा.लि.का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव र कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को १२ नोभेम्बरमा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फाईज फधीलिल्लाह माथि विजय प्राप्त गरेका हुन् । ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघको रुपमा पाटा रहेको छ ।

पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपालको अध्यक्ष, एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव, नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्यको भूमिकामा समेत काम गरिसकेका छन ।
पर्यटन क्षेत्रमा समिट एयर, छायाँ सेन्टर पाण्डेका ब्राण्ड बिजनेश फोरम हुन । 

तपाईंको बिचार