टान कार्यसमितिले एक वर्षपछि पूर्णता पायो
काठमाडौं, २४ कात्तिक । ट्रेकिङ्ग एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को कार्य समिति सदस्यमा ६ जनालाई मनोनीत गरिएको छ। आज बसेको टान कार्यसमिति बैठकले पर्यटन व्यवसायीहरु बल बहादुर सामरी, जितेन्द्र झाकरी, सुस्मा बस्नेत, हरि कडरिया, कुल प्रसाद सुबेदी र गोबिन्द प्रसाद पन्तलाई कार्यसमितिमा मनोनीत गरेको हो ।
टानको ४१ औँ वार्षिक साधारणसभाबाट खुमबहादुर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको एक वर्षपछि उनीहरुलाई मनोनीत गरिएको हो । यो सँगै टान कार्यसमितिले पूर्णता पाएको छ। निर्वाचिन पदाधिकारीले ६ जना सदस्यहरु मनोनीत गर्न सक्ने बैधानिक व्यवस्था रहेको छ ।
तपाईंको बिचार