कतारका राजकुमारले चढे अमादब्लम हिमाल
काठमाडौं, २६ कात्तिक । कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्। राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन्।
राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए। हिमालयन गाइड ईश्वरी पौडेलले दिएको जानकारीअनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११ ः २० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन्।
तपाईंको बिचार