Thursday, January 28, 2021

कार्यकाल सकिन १० महिना बाँकी रहँदा २५ सदस्यीय टान कार्यसमितिले पायो पूर्णता

प्रकाशित मिति: 2020/11/25

मंसिर १०, काठमाण्डौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को २५ सदस्यीय कार्यसमितिले पुर्णता पाएको छ ।

आज टान  कार्यकारिणी बैठकले जनता समाजबादी पार्टी निकट नेपाल पर्यटन परिषद्का गोबिन्द पन्त, हरी कडरिया, कुलप्रसाद सुबेदी लाई मनोनित गर्ने निर्णय गरेको हो ।
यस्तै समावेशी कोटाबाट नेपाली कांग्रेस निकट पर्यटकीय संगठन(नीट)का  बल बहादुर सामरी, जनजातिबाट जितेन्द्र झाँक्री र महिला कोटाबाट सुस्मा बस्नेत गरी कुल ६ जना मनोनित गरिएको हो । यससँगै २५ कार्यसमिति सदस्यले पुर्णता पाएको छ ।
२ बर्षे बिधानतः कार्यकाल रहेको टानमा प्रत्यक्ष निर्वाचीत १९ जना सदस्य र ६ जना मनोनित हुने प्रावधान छ । तर निर्वाचन सम्पन्न भएको १४ महिनापछि कार्यसमितिले आज पुर्णता पाएको टानका कार्यसमिति सदस्य तथा मिडिया कोअर्डिनेटर सिम्बीर घलेले जानकारी दिए ।
कोरोना संक्रमणका कारण बिश्व पर्यटन क्षेत्र अस्तव्यस्त बनेको भन्दै उनले अब बाँकी कार्यकालमा नेपालको पदमार्ग पर्यटनलाई सशक्त ढंगले अघि बढाउने घलेले बताए । टान पदमार्ग पर्यटनमा महत्वपूर्ण संगठनको रुपमा रहिआएको छ ।

तपाईंको बिचार