Saturday, January 16, 2021

पोखरा जादैहुनुहुन्छ,–‘होटल ह्वाईट हिमाल तपाईको पहिलो रोजाई बन्न सक्छ’

प्रकाशित मिति: 2020/11/27

१२ मंसिर, काठमाण्डौ । कोरोना संक्रमणका कारण लामो समय बन्द रहेका पोखराका होटलहरु सञ्चालनमा आउन थालेका छन ।

यसैमध्येको एक हो, लेकसाईड सेन्टर प्वाईन्ट नजिकै १६ नम्बर स्ट्रीटमा रहेको ‘होटल व्हाईट हिमाल प्रालि’ ।
२०१८ को नोभेम्बरमा स्थापना भएर देशी बिदेशी पर्यटकहरुको पहिलो रोजाईमा रहने गरेको यस होटल लामो समयको बन्दाबन्दीपछि पुनः नयाँ सेवासुबिधा सहित सञ्चालनमा आएको छ ।
फेवा तालको किनारमै रहेको उक्त होटलबाट सुर्योदयको पहिलो किरणसँगै चम्किलो माछापुच्छ्रे हिमालको मनोरम दृश्य समेत नियाल्न सकिन्छ ।
२५ वटा आरामदायी एसीडिलक्स रुम र होटल रेष्टुरेन्टको सम्पूर्ण सेवासहित काठमाण्डौबाट जाने आन्तरीक तथा बाह्य पर्यटकहरुको लागि पोखरा बसपार्क र एयरपोर्टबाट निशुल्क पिक एण्ड ड्रपको समेत व्यवस्था रहेको सञ्चालक सुबास भण्डारीले बताए । यसका साथै पर्यटकहरुका लागि बिशेष प्याकेज तथा छुट समेत उपलब्ध गराईएको उनको भनाई छ । अहिलेको परिस्थीतिमा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्दै कोरोनाको जोखिमलाई न्यूनिकरण गर्नका लागि आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदै सेनिटाईज गरि सेवा प्रदान गर्दै आएको छ ।
स्वच्छ खानाका परिकार, पारिवारिक बातावरण, फेवाको मधुर शान्त सुन्दर दृश्य नियाल्दै आरामदायी बसाईका लागि पर्यटकको पहिलो रोजाईमा होटल ह्वाईट हिमाल रहँदै आएको छ ।

तपाईंको बिचार