Saturday, January 23, 2021

पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराई भन्छन,–‘व्यावसायिक हकहितको जर्गेना गर्नेछु ।’

प्रकाशित मिति: 2020/12/02

१७ मंसिर पोखरा । पोखरा पर्यटन परिषद्को नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
गत शुक्रबार पोखरामा भएको ११ औँ अधिवेशनबाट गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान रहेको छ ।
कोभिड १९ का कारण पर्यटन क्षेत्र धरासायी बनेको अवस्थामा नयाँ कार्यसमितिले व्यावसायिक हकहितको जर्गेना गर्दै व्यावसायिक सुरक्षामा जोड दिने परिषद्का अध्यक्ष भट्टराईले बताए ।

 

तपाईंको बिचार