Tuesday, January 19, 2021

पर्यटन बोर्डमा तालाबन्दी गर्न पुगेका पर्यटन मजदुरमाथि प्रहरीको हस्तक्षेप, दर्जनौ पक्राउ

प्रकाशित मिति: 2020/12/09

मंसिर २४, काठमाण्डौ । पर्यटन क्षेत्रमा संलग्न मजदुरहरुले सहुलियत पूर्ण ऋणको माग गर्दै नेपाल पर्यटन बोर्डमा तालाबन्दी गर्न पुगेका छन ।
कोभिडका कारण आफ्नो रोजीरोटी संकटमा परेको भन्दै सहुलियत पुर्ण ऋणको मागसहित पर्यटन बोर्डमा बिरोध प्रर्दशनमा उत्रिएका मजदुरहरुले बोर्ड कार्यलयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
हजारौको उपस्थीतिका बिच भएको बिरोध प्रदर्शनमा पेशागत सुरक्षाको ग्यारेन्टी गर्नका लागि मजदुर हितका लागि छुट्यार्ईएको टिम्स रकम परिचालन गर्न उनीहरुले माग गरेका हुन ।
नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ, समाजबादी पर्यटन मजदुर संघ लगायतका संगठनमा आबद्ध मजदुरहरुले मजदुरहरुबाट यसअघि उठाईएको टिम्स रकमबाट सहुलियत पूर्ण ऋणका रुपमा पर्यटन मजदुरहरुलाई उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका हुन ।
नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल दिपेन्द्र पाण्डेले कोभिडका कारण पर्यटन श्रमिकहरुको स्थीति दयनिय बनेको भन्दै तत्काल पुर्नउथ्थानका लागि टिम्स रकम परिचालन गरी श्रमिकलाई उपलब्ध गराउन आफुहरुले ताकेता गरेपनि बोर्ड मुकदर्शक बनेर बसेको बताए ।
आफुहरुको मागलाई ४८ घण्टाभित्र सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
शान्तिपूर्ण आन्दोलनमा बोर्डले प्रहरी लगाएर हस्तक्षेप गरेको भन्दै पक्राउ परेका मजदुर संघका अध्यक्ष तथा सहकर्मीहरुलाई तत्काल रिहाई गर्न पनि उनले माग गरे ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा पर्यटन सम्बद्ध अखिलका महासचिब सन्तोष ढकाल, क्रान्तिकारीका अध्यक्ष देबी गौली, स्वतन्त्रका अध्यक्ष रामकाजी तिवारी, समाजबादीका अध्यक्ष पूर्ण मोक्तान, पारसमणि अमगाँई लगायतका दर्जनौँ मजदुर नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन ।

 

तपाईंको बिचार