Friday, January 22, 2021

भूमेचुली डाँडाको भ्यूटावरले जीवनस्तर उकासिने अपेक्षा

प्रकाशित मिति: 2020/12/11

२६ मङ्सिर, बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजवासमाथि भूमेचुली डाँडामा दृश्यावलोकनस्तम्भ वन्ने भएपछि यहाँका बासिन्दामा उत्साह थपिएको हो । अग्लो स्थानबाट वरिपरिको दृश्य नियाल्न सकिने र वातावरणको दृष्टिले पनि स्वच्छ हावापानी भएको ठाउँ भएका कारण पर्यटन प्रवद्र्धनको क्षेत्रमा यसले ठूलो सहयोग पु¥याउने स्थानीवासीको विश्वास छ । वाग्मती प्रदेश सरकारको लगानीमा सो स्तम्भ निर्माण हुन लागेको हो । वाग्मती प्रदेशको मुख्य पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासी चन्द्र लामाको भनाइ छ । दृश्यावलोकनस्तम्भ निर्माणका लागि प्रदेश सरकारले दुई करोड ६१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले मङ्गलबार सो दृश्यावलोकनस्तम्भको शिलान्यास गरे ।

सो अवसरमा मन्त्री नेपालले दृश्यावलोकनस्तम्भ निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकको व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान पु¥याउनुपर्ने बताउँदै घरवास सञ्चालन गरेर यहाँका बासिन्दाले आयआर्जन गर्न सकिने बताए 

तपाईंको बिचार