Thursday, March 4, 2021

टूर्गानको नयाँ अध्यक्षमा बद्री नेपाल निर्बिरोध निर्वाचित

प्रकाशित मिति: 2021/01/26

माघ १३, काठमाण्डौँ । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टूर्गान) को अध्यक्षमा बद्री नेपाल निर्बिरोध निर्वाचित भएका छन ।

राजधानीमा सोमबार भएको २७ औं वार्षिक साधारण सभाले अध्यक्ष नेपालसहित १३ सदस्यीय नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्वितिय उपाध्यक्षमा शुकदेव सिग्देल, महासचिवमा कुमारी पुरी, सचिवमा अजय कुमार दाहाल र कोषाध्यक्षमा राजेन्द्र मानन्धर चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा दीपक गिरी, कृष्ण खरेल, माधव राज श्रेष्ठ, नारायण बुढाथोकी, रोहित कुमार फुँयाल र टंक प्रसाद दुवाडी रहेका छन् । कार्यक्रममा पर्यटन क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा टूर्गानका सदस्यहरु, पर्यटकीय संघसंस्थाका नेतृत्व, पर्यटन व्यावसायी, राजनीतिक क्षेत्रका व्यक्तित्व, पत्रकार, शुभेच्छुक लगायतको बाक्लो उपस्थीति रहेको थियो ।

 

तपाईंको बिचार