Wednesday, December 1, 2021

पर्यटन क्षेत्रको उथ्थानमा सरकारको उदासिनताप्रति सरोकारवालाहरुको आपत्ती

प्रकाशित मिति: 2021/01/26

माघ १३, काठमाण्डौ । कोभिड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रको उथ्थानमा सरकारले गम्भिरता देखाउन नसकेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन ।
राजधानीमा पर्यटन सम्बद्ध बिभिन्न संघसंस्थाले सामुहिक बिज्ञप्तीमार्फत सरकारको ध्यानकर्षण गराएका हुन । कोरोनाका कारण सबैभन्दा पहिले प्रभावित भएको पर्यटन क्षेत्र अहिले सबै क्षेत्र खुल्ला भईसक्दा पनि बाह्य पर्यटक भित्राउन सरकारले बिभिन्न खाले अप्ठ्यारा श्रृजना गरी बन्देज गरेको प्रति उनीहरुले आपत्ती जनाएका हुन । तत्काल पर्यटन व्यावसायी र मजदुर बर्गको हित रक्षार्थ राहत प्याकेजको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन । बिशेषतः बाह्य पर्यटक भित्राउन भिसा अनअराईभल र एकहप्ते क्वारेन्टाईनको प्रावधान तत्काल हटाउन उनीहरुले माग गरेका छन ।
यस्तो छ माग :

 

तपाईंको बिचार