Saturday, July 31, 2021

थपलियाको संयोजकत्वमा निटले बनायो सम्वाद समिति

प्रकाशित मिति: 2021/03/22
काठमाडौं, ९ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व चयनका लागि नेपाल पर्यटन व्यवसायी संघ (निट) ले केन्द्रिय सह-अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा ५ सदस्यीय वार्ता तथा सम्वाद समिति गठन गरेको छ । निटका केन्द्रिय अध्यक्ष दीपक महतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा बलराम न्यौपाने (दुर्गानाथ ), राजेन्द्र सुवेदी, रमेश लम्साल र बिमल नहर्की रहेका छ्न । भिटोफ नेपालको २४ औँ बार्षिक साधारणसभा सहितको निर्वाचन यही चैत्र २० गते हुँदैछ । काङ्ग्रेस समर्थित व्यावसायिकका तर्फबाट अध्यक्षको आकांक्षीका रुपमा पूर्व सह-कोषाध्यक्ष कृष्णबहादुर सुबेदी(कृष) र वर्तमान महासचिव जस्फा पाण्डेले दावेदारी प्रस्तुत गरेका छ्न । नेतृत्वका लागि समितिले यी दुइमध्यबाट एकको नाम छनोट गरि निट कार्यसमिति बैठकमा पेश गर्ने छ । योसंगै समितिले नेतृत्व चयनका लागि अन्य विभिन्न पार्टी समर्थित व्यवसायीक संगठन संग पनि छ्लफल गर्नेछ ।

तपाईंको बिचार