Saturday, July 31, 2021

एमाले सम्बद्ध व्यवसायीले शिब लामिछानेको संयोजकत्वमा वार्ता कमिटि बनाए

प्रकाशित मिति: 2021/03/22
काठमाडौं, ९ चैत । नेकपा एमाले सम्बद्ध पर्यटन व्यवसायीहरुले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको निर्वाचनको सन्दर्भमा छ्लफलका लागि भिटोफका पुर्वअध्यक्ष शिब लामिछानेको संयोजकत्वमा ५ सदस्यीय वार्ता कमिटि गठन गरेको छ । संगठन नेपाल उधोग तथा व्यवसायी महासंघका कार्यबाहक महासचिब भागिरथ सापकोटा , नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्य,पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष कुमार थापा तथा नेकपा एमाले पर्यटन ईलाका कमिटिका अध्यक्ष धुर्ब सिंखडा लगायत एमाले सम्बद्ध व्यवसायीहरुको छ्लफलले उक्त समिति गठन गरेको हो । समितिको सदस्यहरुमा दामोदर ढकाल, बद्रि तिमल्सिनी, केशब धिताल र प्रदिप पण्डित रहेका छ्न । समितिले यहि चैत २० गते हुने भिटोफ नेपालको २४ औँ बार्षिक साधारणसभा सहितको निर्वाचनबाट नेतृत्व चयनका लागि विभिन्न पार्टी समर्थित व्यवसायीक संगठनहरुसंग छ्लफल गर्नेछ ।

तपाईंको बिचार