Sunday, November 28, 2021

कोरोनाले संकटमा पर्यटन क्षेत्र , ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा

प्रकाशित मिति: 2021/07/23

काठमाडौं, ८ साउन । कोरोना संक्रमणले गर्दा करिब २ वर्षयता नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन खस्किएको छ । कोरोना संक्रमणको पहिलो लहरपछि केही तंग्रिदै गरेको पर्यटन क्षेत्र पुनः दोस्रो लहरको संक्रमणले नराम्ररी थलिएको छ। व्यवसाय प्रभावित हुँदा साना एवम् मझौला केही व्यवसायी यो क्षेत्रबाटै पलायन भइसकेका छन् भने ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । 

 
संचालनमा रहेका होटल व्यवसायहरु पनि आन्तरिक पर्यटकमा निर्भर छन् । न्यून क्षमतामा व्यवसाय संचालन गर्दा समेत कोरोनाले १५ देखि २० प्रतिशत ऋणको भर थपिएको व्यवसायी बताउँछन् । त्यसकारण नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत पर्यटन क्षेत्रलाई विशेष सम्बोधन गरिनुपर्ने उनको छ।  पछिल्लो समय कोरोना संक्रमणको दर कम भएकाले व्यवसाय बचाउन आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने तयारीमा व्यवसायी छन् । तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने अवस्था नरहेकाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटकको विकल्प नभएको निश्कर्ष सहित व्यवसायीले आन्तरिक पर्यटक लक्षित प्याकेज ल्याउने बताएका छन् । 

एक अध्ययन अनुसार कोरोनाका कारण पर्यटन उद्योगमा आबद्ध ६५ प्रतिशत मजदूर बेरोजगार भएका छन् भने संचालनमा रहेका ८० प्रतिशत प्रतिष्ठानले संचालन खर्च समेत उठाउन सकेका छैनन् । 

तपाईंको बिचार