Wednesday, December 1, 2021

न्यौपानेद्धारा रसुवा नौकुण्ड गाउँपालिकाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति: 2021/10/04

असोज १८, काठमाण्डौ । रसुवा ट्रेक्स एण्ड एक्सपीडिसनका अध्यक्ष बरिष्ठ पर्यटन व्यावसायी बलराम न्यौपानेले रसुवा नौकुण्ड गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई १५ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरेका छन । नौकुण्ड गाउँपालिकाको वडा नम्बर ६ मा एक कार्यक्रमका बिच   स्वास्थ्य सामाग्री बितरण गरिएको उनले बताए । रसुवा नौकुण्ड गाउँपालिकाका सबै स्वास्थ्य चौकीलाई बितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा ८ थान अक्सीजन कन्सनट्रेटर, ८ थान भोलटेज रेगुलेटर, १५०० पिपिई, ८ थान अक्सीमिटर रहेका छन ।

अमेरिकन संस्था डाईरेक्ट रिलिफ र माउन्टेन हर्ट नेपालको सहयोगमा रसुवा ट्रेक्स एण्ड एक्सपीडिसनका अध्यक्ष बलराम न्यौपानेले उक्त स्वास्थ्य सामाग्रीको जोहो गरिदिएका हुन ।
स्वास्थ्य सामाग्री बितरणपछि बोल्दै बरिष्ठ पर्यटन व्यावसायी न्यौपानेले यसअघि गाउँपालिकाका २ वटा स्वास्थ्य चौकी बाहेक अन्य स्वास्थ्य चौकीमा अक्सीजनको प्रवन्ध हुन नसकेकोमा अब त्यो समस्या अन्त्य भएको बताए । उनले स्थानिय जनताको स्वास्थ्य सरोकारमा आफु चिन्तित रहेको बताउँदै आगामी दिनमा समेत सहयोग जारी रहने बताए ।
न्यौपानेले यसअघिपनि स्थानिय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लागयत जनजिबिकाका सवालमा सक्रिय योगदान दिदै आएका छन ।

तपाईंको बिचार