Wednesday, December 1, 2021

२०८ मुलुकका हिरोले एकसाथ सर्वोच्च शिखर सगरमाथा चढ्दै

प्रकाशित मिति: 2021/10/22

काठमाडौं, ५ कात्तिक ।  प्रिन्स प्रोडक्सनले एकसाथ २०८ मुलुकका प्रतिनिधी व्यक्तित्वहरुलाई सगरमाथा चढाउने भएको छ।  ‘२०८ हिरोज जर्नी टु एभरेस्ट’ परियोजना अन्तर्गत विश्वभरका जनताले आफूलाई मन परेको हिरोलाई भोट गरेर सगरमाथा चढ्न पठाउने छन् । 


पहिलो पटक सुरु गरिएको यो परियोजनाले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको परियोजनाका कन्सेप्ट डेभलपर शान्त शर्माले बताए । विश्वभरिका नागरिकले पब्लिक भोटिङमार्फत हिरो चुन्ने छन् । चुनिएका रियल लाइफ हिरोहरूको सगरमाथा यात्रालाई समेटिनेछ । हिरो छनोटका लागि पब्लिक भोटिङ अनलाइन हुने छ, जसका लागि भोटिङ वेबसाइट यसअघि नै लन्च गरिसकिएको छ। 


यस कार्यक्रमबारे जानकारी दिन आयोजित एक कार्यक्रममा तीन मिनेटको भिडियो समेत सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एव्म पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले २०८ देशका नम्बर वन पब्लिक फिगर एकैसाथ सगरमाथा आरोहण गर्न आउनु नेपालकै लागि गर्वको विषय भएको बताइन । यसले विश्वभर नेपालबारे सकारात्मक सन्देश दिने बताइन् । 

यस्तै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पनि नेपाली पर्यटन क्षेत्रको विकास र प्रचारमा यसले महत्वपूर्ण योगदान दिने  विश्वास व्यक्त गरे । 

तपाईंको बिचार