Wednesday, December 1, 2021

चन्द्र रिजालको अध्यक्षतामा एमालेको उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी गठन

प्रकाशित मिति: 2021/11/08

काठमाडौं । टानका पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल नेकपा एमाले उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अध्यक्ष चयन भएका छन् । रिजालको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । अन्य पदाधिकारी अधिवेशनबाट चयन हुने बताइएको छ । कमिटीको सचिवमा गोविन्द घिमिरे छन् ।

 

उद्योगी व्यवसायी जिल्ला कमिटीमा १२ सय सदस्य रहेकाले दशौं राष्ट्रिय महाधिवेशनमा एक महिलासहित ३ जना प्रतिनिधि चयन हुने छन् । यस्तै एमालेले भूगोलका ७७ जिल्लाबाहेक सातवटा प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटीको मान्यता दिएको छ । काठमाडौं उपत्यकाभित्र पेशागत विशेष प्रदेश कमिटी अन्तर्गत मजदूर, युवा विद्यार्थी, वुद्धिजिवी र उद्योगी व्यवसायी जिल्ला कमिटी रहने निर्णय अनुसार कान्छो जिल्ला कमिटीका रूपमा उद्योग व्यवसाय क्षेत्रका एमाले सदस्यहरुले मान्यता पाएका हुन् ।

सदस्यहरु निम्न अनुसार छन् 

–माधव भट्टराई – भक्त हमाल –यज्ञ ढकाल – राजेन्द्र प्रसाद सापकोटा –लिला बहादुर लामा तामाङ – रोहन गुरुङ – सुवर्ण श्रेष्ठ – सिताराम सापकोटा – भिष्म राज शिवाकोटी – नयन पौडेल – नरेश गेलाल – यम खड्का – मदन भण्डारी – साजन शाक्य –बासु लम्साल – भरत तिमल्सीना –यम दवारी – बुद्धि रेग्मी – सोभा गुरुङ – अर्जुन रिजाल – केशव नेपाल – गायत्री प्रसाद खतिवडा – बासु नेपाल – पदम योङहाङ – राजन दाहाल – बासु अधिकारी – बिनोद सापकोटा – राम खड्का – जिस्वा तुलाधर – माया शेर्पा –कृष्ण गोपाल श्रेष्ठ –आङ पेम्बा शेर्पा – खोपनिधि लोहनी – ध्रुब सिम्खडा – रन बहादुर खड्का – ठाकुर पोखरेल – रमेश पुरी – अमर थापा – माधव तिमल्सीना – ईश्वर गरुङ – भरत नेपाल – राजेन्द्र भण्डारी – अन्जन शाःख – अर्जुन बहादुर श्रेष्ठ – शम्भु श्रेष्ठ – अनिल श्रेष्ठ – जिवन कुनवार – कृष्ण रिजाल –मनिषा लिम्बु –रस्मिला डंगोल – अञ्जना तिम्राकार – प्रचन्ड शाक्य – कम्पोस दाहाल – केशव शर्मा – मोहन योन्जन – दलवीर भण्डारी – वाङ्छु शेर्पा – सुजन नेपाल – पुष्प राज भट्टराई – जिवन थापा मगर – सैलेन्द्र गुरागाई छन् । 

तपाईंको बिचार