Sunday, May 31, 2020

कुनै पनि हालतमा सेवा शुल्कको निर्णय फिर्ता हुन्नः रेवान निवर्तमान अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति: 2019/02/05

काठमाडौ । नेपाल रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)ले गत मंगलबारबाट सेवा शुल्क नलिने निर्णय गरेसँगै मजदुरहरु आक्रोश हुँदै आन्दोलन तथा संस्थाविरुद्ध लागि परेका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर सङ्घ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले सयुक्त रुपमा विज्ञप्तिसमेत जारी गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

तर रेवानका निवर्तमान अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले जति नै आन्दोलन चर्के पनि रेवान लिएको यो निर्णय फिर्ता नलिने बताएका छन् । ‘होटल, रेष्टुरेन्टहरुको मुख्य काम भनेको ग्राहकवर्गलाई खुसी पार्नु हो’ उनी भन्छन्, ‘हाम्रो यो निर्णयले उनीहरु खुसी भएकै छन् । त्यसैले हामी यो १० प्रतिशत सकेसम्म हटाएरै छोड्छौं ।’

आन्दोलनरत मजदुरहरुलाई पनि कुनै किसिमको घाटा नहुने दाबी उनको छ । सेवा शुल्क खारेजसँगै प्रतिष्ठानका मजदुरहरुमा पर्न जाने आशिंक आर्थिक असरलाई मध्यनजर गर्दै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोष मन्त्रालयले जारी गरेको श्रम ऐनअनुसारको न्यूनतम तलब भत्ता दिने भनेका छन्  ।

सेवा शुल्क खारेजीको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले गत असोज २ गते संवैधानिक इजलासमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अहिले विचाराधिन नै छ ।

 

तपाईंको बिचार