Wednesday, August 12, 2020

सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो, विदेशी नागरिकको मृत्यु

प्रकाशित मिति: 2019/03/03

पोखरा । पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।

आइतबार बिहान ११ बजेर १७ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिक इडीइकेडीको मृत्यु भएको हो।

तालमा खसे लगत्तै उनलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो। उनी सिंगल फेवातालमा खसेका थिए ।

तपाईंको बिचार