Sunday, January 24, 2021

पर्यटन यातायात स्वरोजगार मञ्चको साधरणसभा चैत्र २३ मा

प्रकाशित मिति: 2019/03/26

चैत्र १२, काठमाण्डौ । पर्यटन यातायात स्वरोजगार मञ्चले यही चैत्र २३ गते साधारणसभा गर्ने भएको छ ।गैरीधारामा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख प्रमुखबाट सदस्यहरुलाई परिचयपत्र र पोशाक बितरण गरिने मञ्च अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।

पर्यटन यातायात स्वरोजगार मञ्चले  यसअघि एकल गाडि भएका तथा रातो नम्बर प्लेटका सवारीलाई पनि सरकारी नियमभित्र रहेर कम्पनी दर्ता गरी पर्यटन सेवा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएकोमा सरकारले सञ्चालन अनुमति दिएको बताए । मञ्चले पर्यटन सवारीको हकहितका लागि आवाज बुलन्द गर्दै आएको छ ।

तपाईंको बिचार