ठमेल परिषद्को निर्वाचनका लागि गुरुङ समुहको मनोनयन दर्ता
जेठ २२, काठमाडौं । यही जेठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचनमा नेतृत्वका लागि बर्तमान अध्यक्ष समिर गुरुङ समुहले मनोनयन दर्ता गरेका छन ।
गुरुङ प्यानलमा क्रमशः उपाध्यक्षहरुमा गोविन्द पन्त, छिरिङ डोल्मा श्रेष्ठ, रत्नप्रसाद दुलाल, रहका छन् भने महासचिवमा नारायण खनाल त्यस्तै सचिवमा रामचन्द्र गिरी (बिल्ला) र कोषाध्यक्षमा रामशरण ढकाल लगायतले मनोनयन दर्ता गरेका हुन ।
गुरुङ परिषद्को दोश्रो पटक नेतृत्वका लागि दावेदारीका साथ मैदानमा उत्रेका हुन् ।
तपाईंको बिचार