जब उड्न लागेको विमानको पखेटामा मान्छे दौडिए.........
साउन ७, नाइजेरिया । नाइजेरियास्थित मुर्तला मोहम्मद इन्टरनेशनल एयरपोर्टबाट विश्वास गर्न नसकिने समाचार बाहिएको छ । समाचारमा जनाइएअनुसार उड्ने तयारी हुँदै गरेको विमानको पखेटामा एक व्यक्ति दौडिए ।
एयरपोर्टका कर्मचारीले उनलाई पक्राउ गरेका थिए । पक्राउ व्यक्तिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको एयरपोर्टका अधिकारीले जानकारी दिएका छन् । सो घटना लागोसबाट पोर्ट हारकोट जाने तयारीमा रहेको विमानमा भएको हो ।
ुगत शुक्रबार बिहान विमान रनवेमा उडान भर्ने तयारी गर्दै गर्दा एक व्यक्ति विमानको पखेटामा दौडिदै गरेको देखियो,ु नाइजेरियाको प्रहरीले भने । पखेटामा मान्छे दौडिएको थाहा पाएर पाइलटले विमानको गति घटाउँदै रोकेका थिए ।
एक प्रत्यक्षदर्शीले भने, दौडिदै विमान छेउ आएका ती व्यक्तिले हातको सुटकेस विमानको इन्जिनभित्र राखेपछि पखेटामा चढेका थिए । उनको त्यो गतिविधिले विमानका यात्रु डराएका थिए ।
ती व्यक्तिको गतिविधिले केहीबेर विमानस्थलमा भाग दौड जस्तै भएको थियो । उनी विमानको इन्जिनभित्र जाने कोशिश गर्दै थिए भने यात्रु डराएका थिए । यात्रु यति डराएका थिए कि उनीहरूले विमानमा रहेका क्रूलाई इमरजेन्सी ढोका खोल्न अपिल गरेका थिए ।
एक यात्रु ओट्टो ओरानडामले यस घटनाको भिडियो बनाएर इन्स्टाग्राममा शेयर गरेका छन् । भिडियोमा उनले लेखेका छन्, यहाँ एक आपात कालीन स्थिति भएको थियो । हामी आधा घण्टासम्म रनवेमा नै फसेका थियौँ । उसलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि मात्रै लामो सास फेरेका थियौँ । सबै जना डराएका थियौँ । एजेन्सी
तपाईंको बिचार