नाइजेरियामा ७८ मारिए

श्रावण ९, अबुजा । नाइजेरियाली सेनाले गरेको सैन्य कारबाहीमा सशस्त्र समूहका ७८ जना मारिएका छन् । सेनाले जाम्फारासहितका चार राज्यमा तीन महिनायता कारबाही जारी राखेको छ । त्यस क्रममा ठूलो परिमाणमा हातहतियार बरामद गरिएको सैन्य अधिकारीहरुले बताएका छन् ।
कारबाहीकै क्रममा हतियारधारी समूहको अपहरणमा परेका ५० भन्दा बढीलाई मुक्त गरिएको र संदिग्ध २५ जनालाई पक्राउ गरिएको छ । नाइजेरियाको कदुना, जाम्फारालगायतमा सशस्त्र संघर्ष भइरहेको छ । एएफपी
तपाईंको बिचार