चीनको ७० औं वर्षगाँठमा माओकै जस्तो पोशाकमा देखिए सी
असोज १३, बेइजिङ्ग । चीनको ७० औं वर्षगाँठ मनाउन मंगलबार बेइजिङ्गमा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति सी जिनिपिङ्ग माओत्सेतुङ्गको जस्तै पोशाकमा देखिएका छन् । माओले जनगणतन्त्र घोषणा गरेकै स्थानमा उपस्थित सीले माओकै जस्तो पोशाक लगाएका थिए । उनले क्रान्तिकारी संस्थापक नेताकै शैली पछ्याउन खोजेको देखिएको बीबीसीले जनाएको छ । बीबीसीको समाचारमा माओको जस्तै पोशाकमा राष्ट्रपति मात्रै देखिएको समेत उल्लेख छ ।
उनी आफ्नो संक्षिप्त मन्तव्य एकता, निरन्तरको संघर्ष र चीनको प्रगतिमा नै केन्द्रित रहेका थिए । उनी कारमा चढेर सैनिक परेडको अवलोकन कार्यक्रममा गएका थिए । उनले सो अवसरमा हात हल्लाएका थिए र सेना उनीप्रति समर्थन गर्दै चिच्याएको थियो । बीबीसी
तपाईंको बिचार