Thursday, January 28, 2021

इण्डोनेसियामा ३४ औ व्यापार मेला सुरु, कार्तिक ३ गते सम्म चल्ने

प्रकाशित मिति: 2019/10/17

असोज ३०, काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापार मेला सुरु भएको छ । इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडिमासुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गर्नुभएको हो ।

व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्री देखि ठूला ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता छ ।

मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन् । उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए ।

मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागिता छ । मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदुत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताउनुभयो ।

इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदुत चन्द्र ढकालले मेलामा सहभागिता जनाएर नेपालले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा ठुलो लाभ लिन सक्ने बताउनुभयो ।

कर्यक्रममा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । मेला कात्तिक ३ गते सम्म चल्ने छ ।  एजेन्सी 

तपाईंको बिचार