Monday, January 25, 2021

पाकिस्तानी प्रधानमन्त्री खानको राजीनामा माग गर्दै पदर्शन

प्रकाशित मिति: 2019/10/31

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा ए इस्लाम (जेयूआई)ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो ।

जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन् ।
जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च निकालेको छ । क्वेटा र कराँचीबाट सुरु भएको यो मार्च लाहोर हुँदै बिहीबार राजधानी इस्लामावाद पुग्दैछ ।

सरकारले जेयूआईलाई स्वतन्त्रता मार्च ननिकाल्न अपिल गरेको थियो । तर, त्यसको असर देखिएन । जेयूआईले प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्ने, नयाँ शिराबाट दोस्रोपटक आम चुनाव गराउनु पर्ने, इस्लामिक कानुनलाई छेडछाड गर्न नपाइने, इस्लामिक संस्थाको सम्मान गर्नुपर्नेलगायतका मुख्य माग राखेको छ ।
यद्यपि प्रधानमन्त्री खानले राजीनामाको कुनै अर्थ नभएको बताउँदै आएका छन ।

तपाईंको बिचार