Sunday, January 17, 2021

पाकिस्तानको रावलपिण्डीमा गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु

प्रकाशित मिति: 2019/10/31

१४ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् ।

राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।
पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।

घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

तपाईंको बिचार