Saturday, January 16, 2021

जापानको ५०० वर्ष पुरानो राजदरबारमा भिषण आगलागी

प्रकाशित मिति: 2019/11/01

१५ कार्तिक, टोक्यो । विश्व सम्पदा सूचीमा परेको जापानी सुरी क्यासल (तत्कालिन दरबार) मा भिषण आगलागी भएको छ ।

यस दरबारको अधिकांश भागमा आगोले असर पुर्‍याएको स्थानीय मिडियाले जनाएका छन् । दक्षिणी टापु ओकिनवास्थित उक्त सुरी क्यासलको मुख्य हल भग्नावशेषको रुपमा परिणत भएको छ ।

केही टेलिभिजन फुटेजले उक्त क्षेत्रमा उद्धारका लागि अग्नि नियन्त्रकहरु खटिएको देखाएका छन् । एनएचकेका अनुसार यस ठाउँ जापानमा पर्यटकको मुख्य आकर्षक क्षेत्रमध्ये एक हो ।

जुन ५ सय वर्षअघि निर्माण भएको थियो । तत्कालिन राजदरबारको रुपमा निर्माण भएको सुरी दरबार यहाँ वार्षिक पर्व मनाउने क्रममा आगलागी भएको हो । दोस्रो विश्वयुद्धपछि भने उक्त दरबार क्याम्पसको रुपमा प्रयोग हुँदैआएको थियो । सन २००० मा मात्रै यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखिएको हो । एजेन्सी

तपाईंको बिचार