Friday, January 22, 2021

हङकङका प्रदर्शनकारीमाथि प्रहरीद्वारा गोली प्रहार

प्रकाशित मिति: 2019/11/11

२५ कार्तिक, हङकङ । हङकङमा सोमबार बिहान भएको प्रदर्शनमा प्रहरीले कम्तिमा एक जना मानिसलाई गोली प्रहार गरेको छ । फेसबुकमा लाइभ देखिएको फुटेजमा एकजना मानिसलाई प्रहरी अधिकृतले गोली हानेको देखिन्छ । प्रहरीले अरु दुई राउण्ड गोली हानेको समेत देखिएको छ । यद्यपि ती गोली कता लाग्यो भन्ने कुरा फुटेजमा प्रष्ट छैन । गोली लागेको पहिलो व्यक्तिको अवस्थाका बारेमा पनि जानकारी हुन सकेको छैन ।

फुटेजमा सो व्यक्ति भुईंमा लडिरहेको,आँखा खुला भएको र उसको शरीरमा रगत बगेको देखिएको छ । गएको जुनमा हङकङमा प्रदर्शन शुरु भएपछि यसपालि त्यहाँको प्रहरीले लाइभ गोली प्रहार गरेको यो तेस्रो पटक हो ।  यसअघि गएको अक्टोबर १ र ४ तारेखमा यसरी गोली प्रहार भएको थियो । प्रदर्शनकारीले सोमबार बिहान साइ वान हो चोकमा अवरोध सिर्जना गर्दा प्रहरीले गोली हानेको हो । प्रदर्शनकारीले आज शहरका विभिन्न क्षेत्रमा सडक अवरोध गरेका छन् ।  (बीबीसी)

 

तपाईंको बिचार