अस्ट्रेलियाको सिड्नी धुवाँले ढाकियो
एजेन्सी । अस्ट्रेलियाको ब्यस्त सहर सिड्नी यतिबेला बाक्लो धुवाँले ढाकिएको छ । सिड्नी वरपरका जंगलमा लागेको आगोका कारण सिड्नीमा धुवाँ फैलिएको हो ।
बीबीसीका अनुसार रातभरि चलेको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब भएको अधिकारीहरूले बताएका छन् ।
बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको कुरा स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । न्यु साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिस बस्छन् । न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौंदेखि फैलिएको डढेलोका कारण ६ जनाको मृत्यु भइसकेको छ ।
सिड्नीको उत्तरतर्फका झन्डै ५० स्थानमा डढेलो फैलिएको छ । अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन् ।
तपाईंको बिचार