Wednesday, January 20, 2021

सान्ना बन्ने भइन् विश्वकै कान्छी प्रधानमन्त्री

प्रकाशित मिति: 2019/12/09

मंसिर २३, फिनल्याण्ड । फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन प्रधानमन्त्री हुने भएकी छन ।

सामाजिक लोकतान्त्रिक पार्टीबाट चुनिएकी मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न लागेकी हुन ।
प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै मरिनले यही साता सपथ ग्रहण गर्नेछन । फिनल्याण्डमा पा“च दलको गठबन्धनमा सरकार गठन हुन लागेको हो ।
मरिनको नेतृत्वमा बन्ने गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि हुनेछन । हुलाक सेवाको आन्दोलनलाई राम्ररी नसम्हालेपछि रिन्नेमाथि अविश्वासको मत पारित भएको थियो ।
युक्रेनमा अहिले ३५ वर्षका ओलेक्सी होन्चरुक प्रधानमन्त्री छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ३९ वर्षकी हुन ।

तपाईंको बिचार