असार १६,काबुल । अफगानिस्थानमा फेरी अर्को आत्मघाती बम विस्फोट भएको छ । प्रहरी प्रशिक्षार्थीहरुको गाडीमा गरिएको आत्मघाती आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार दुई वटा आत्मघाती बम ग्राजुएट्स कार्यक्रमबाट फर्कंदै गरेको प्रहरी प्रशिक्षार्थीलाई लक्षित गरेर काबुलको पश्चिमी बाहिरी क्षेत्रमा विष्फोट गराइएको थियो ।
पघ्मन डिष्ट्रिक्टका गभर्नर हजी मोहम्मद मुसा खानले बिष्फोटमा धेरै जना घाइते भएको बताए । तालिवानले विष्फोटनको जिम्मेवारी लिएको छ । एक साता अघि मात्र यस्तै विष्फोटनमा १३ नेपालीसहित १५ जनाको मृत्यु भएको थियो ।
तपाईंको बिचार