ट्राफिक जाममा फसेर १२जनाको मृत्यु

असार२५, काठमाडौं । इन्डोनेशियामा केहिदिन यता ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ । पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसहरु जाममा फसेका हुन् ।
इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।
इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ ।
जममा फसेर सवारी साधान तात्दा र सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण उनिहरुको मृत्यु भएको हुन सक्ने जनाइएको छ ।
तपाईंको बिचार