जर्मनीको शपिगं सेन्टरमा गोली चल्दा ९ जनाको मृत्यु

साउन ८, म्युनिख । जर्मनीको म्युनिख स्थित ओलम्पिया शपिंग सेन्टरमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । विविसीका अनुसार गोली चलाउने युवक १८ बर्षिय म्युनिखमा बस्ने इरानियन भएको बताएको छ ।
शपिंग सेन्टर भित्र गोली चलाएको केहि घण्टा पछि ती युवकले आफुलाई गोली हानेको प्रहरीलाई उदृत गर्दै विविसीले जनाएको छ । घटनामा २० जना घाइते भएका छन् । प्रहरीका अनुसार २ जनाको अवस्था चिन्ताजनक रहेको छ । यो सँगै फ्रान्स पछि युरोपको अर्को देश जर्मनीमा आक्रमण भएको छ । केहि हप्ता अघि मात्र फ्रान्सको नेसमा ट्रकले किचेर ८४ जनाको मृत्यु भएको थियो ।
आतंकवादी हो वा होइन भन्ने बारे प्रहरीले अटन्तवादी घटना हो भन्ने बारे प्रष्ट नभएको बताएको छ । घटनामा मृत्यु हेनामा अधिकांश युवा रहेको र केहि केटाकेटी घाइते भएको बताइएको छ ।
तपाईंको बिचार