विश्वमा भारत असमान देशेको दोश्रो सुचीमा

भदौं २०, काठमाडौं । संसारका सबैभन्दा बढी असमानता भएका देशको सुचिमा भारत दोश्रो नम्बरमा परेको छ । जोहानसबर्ग स्थित सम्पति अनुसन्धान गर्ने संस्था ‘न्यु वर्ल्ड वेल्थ’को रिपोर्ट अनुसार रसियापछि संसारको सबैभन्दा असमान देश भारत हो ।
भारतमा ५४ प्रतिशत भन्दा बढी सम्पति त्यहाँका अर्वपतिहरुको नियन्त्रणमा रहेको उक्त रिपोर्टमा उल्लेख छ ‘कुल ५६०० अर्व डलर व्यक्तिगत सम्पति भएको भारत संसारको १० सबैभन्दा धनि देश मध्ये एक हो, तर औसत भारतीय निकै गरिव छन,’ उक्त रिपोर्टलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।
कुल निजि सम्पतिको ६२ प्रतिशत सम्पतिमा अर्वपतिको नियन्त्रण भएको रसिया संसारमा सबैभन्दा बढी असमानता भएको राष्ट्रको रुपमा दर्ज भएको छ ।
त्यसको विपरित जापान संसार कै सबैभन्दा बढी समानता भएको राष्ट्र भएको उक्त रिपोर्टले देखाएको छ । जापानमा कुल सम्पतिको २२ प्रतिशतमा मात्र अर्वपतिले नियन्त्रण गरेका छन ।
कुनै पनि देशमा जती थोरै व्यक्तिले त्यहाँको कुल सम्पति नियन्त्रण गर्छन उति नै उक्त देश असमान हुने उक्त रिपोर्टले बताएको छ । उदाहरणका लागि, यदी अर्वापतिहरुले ५० प्रतिशत भन्दा बढी सम्पति नियन्त्रण गर्ने हो भने त्यहाँ मध्यम बर्ग फस्टाउने ठाउँ अत्यन्तै थोरै हुन्छ,’ रिपोर्टले भनेको छ ।
उक्त रिपोर्टले अमेरिकालाई तुलनात्मक रुपले समानता भएको देशका रुपमा चिनाएको छ । अमेरिकाको कुल सम्पतिको ३२ प्रतिशतमा मात्र त्यहाँका अर्वपतिले नियन्त्रण गरेका छन ।
‘असमान आय सम्वन्धि अमेरिकी सञ्चार माध्यममा धेरै नकरात्मक कुरा आएका छन् । त्यसलाई हेर्दा उक्त तथ्यांक आश्चर्य लाग्दो छ,’ प्रतिबेदनले भनेको छ ।
त्यसैगरी, समानताको मुद्धमा बेलायतको अवस्था अमेरिका भन्दा केहि कमजोर छ । बेलायतको कुल सम्पतिको ३५ प्रतिशत अर्वपतिहरुको नियन्त्रणमा छ ।
रसियामा एक अर्ब डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुको संख्या पनि अत्यन्त ठुलो छ । रसियाको २६ प्रतिशन सम्पति उक्त बर्गको नियन्त्रणमा भएको रिपोर्टले देखाएको छ ।
एक अर्ब डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुले मुलुकको कति सम्पति नियन्त्रण गर्छन भन्ने बारे पनि उक्त रिसर्च संस्थाले सुची तयार गरेको छ िउक्त सुचिमा पनि रसिया पहिलो नम्बरमा परेको छ । त्यस्ता व्यक्तिले रसियाको २६ प्रतिशत सम्पति नियन्त्रण गर्छन ।
उक्त सुचि आधारमा पनि जापान सबैभन्दा बढी समान भएको देश भएको देखिएको छ । जापानमा एक अर्ब डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुले त्यहाँको ३ प्रतिशत सम्पति मात्र नियन्त्रण गरेका छन । –एजेन्सि
तपाईंको बिचार