सैनिक विमानको भग्नावशेष र शव फेला

१२२ यात्रु बोकेको सैनिक विमानको भग्नावशेष र शव फेला परेको बर्मेली सैनिकले जानकारी दिएको छ ।
भग्नावशेष र शव दुबै अन्दामान समुन्द्रमा भेटिएको बारे सेनाले फेसबुकमा एक बयान जारी गर्दै बताए । चीनमा बनेको विमानले १४ चालक दलसहित १ सय ६ जना आर्मी जवान, परिवारका सदस्य र बालबालिका बोकेको थियो ।
दक्षिणी शहर मेइककाट याङ्गोनको लागि उडेको उक्त विमान बुधबार उडेको आधाभित्रै सम्पर्क विच्छेद भएको थियो । सैनिकका अनुसार खोजी दलले बिहिबार बिहान एक पुरुष, महिला र बच्चाको शवका साथै विमानको पाङ्ग्रा, थुप्रै लाइफ ज्याकेट र लगेज भेटेको छ ।
तपाईंको बिचार