६६ जना यात्रु बोकेको विमान दुर्घटना

तेहरान । इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ ।
६६ जना यात्रु सवार सो विमान दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा दुर्घटना भएको जनाइएको छ । एटीआर–७२ कल साइन भएको विमान राजधानी तेहरानबाट दक्षिणी शहर यासुजका लागि उडेको थियो ।
घटनास्थलतर्फ उद्दारकर्ता पठाइएको इरानी रेड क्रिसियन्टले जनाएको छ। क्षतीको विवरण आइनसकेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
तपाईंको बिचार