अमेरिकी व्यापार युद्धको अर्को पाटो :भारत माथि थप्यो कर
असार १, काठमाण्डौ । विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन नौ महिनादेखि व्यापार युद्धमा छन्।
अमेरिका र चिनबिच व्यापार युद्ध बढिरहेका बेला भारत यसमा थपिएको छ । दअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई गत जुन पहिलो साता भन्सार छुटको सहुलियत (जिएसपी) पाउने मुलुकको सूचीबाट हटाएका थिए ।
अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नदिएको र भारत अब जिएसपी पाउने विकासोन्मुख मुलुक नरहेको भन्दै अमेरिकाले भारतबाट आयात हुने सामानमा कर लगाएका थियो । त्यसको जवाफमा भारतले आइतबारदेखि लागु हुने गरी आलमोन्ड, स्याउलगायत २८ अमेरिकी सामानमा कर बढाएको छ ।
अमेरिकाले अघि सारेको इन्डो एसिया प्यासेफिकको एउटा महत्वपूर्ण साझेदार भारतले आफूलाई जिएसपीको सूचीबाट हटाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण भएको बताउँदै राष्ट्रिय स्वार्थको रक्षा गर्ने बताएको छ।
भारतले अमेरिकालाई जिएसपीको सूचीबाट आफूलाई हटाउने निर्णय फिर्ता लिन अनुरोध गरेको थियो ।
तर भारतीय अनुरोध अमेरिकाले लत्याइदिए पछि भारतले अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर बढाएको हो ।
तपाईंको बिचार